बिर्तामोड नगर कमिटी कार्यालयमा नेकपा एमालेको बोर्ड
Published:
by .बिर्तामोड । नेकपा एमालेको बिर्तामोडस्थित नगर पार्टी कार्यालयमा एमालेको साइन बोर्ड राखिएको छ । आज बिहान आयोजित कार्यक्रमका बीच नेकपा लेखिएको बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो ।
एमाले नगर अध्यक्ष ज्ञानुराम प्रसाईको अध्यक्षतामा आयोजित संक्षिप्त कार्यकमपछि नेकपा लेखिएको बोर्ड हटाएर एमाले लेखिएको बोर्ड राखिएको छ। बोर्ड राख्नु अघि बोल्दै अध्यक्ष प्रसाईले हिजोका सबै कमी कमजोरी विर्सेर अघि बढ्नु पर्ने बताए ।’
सबै तीता मिठा बिर्सेर अघि बढनुको विकल्प छैन’ नगर अध्यक्ष प्रसाईले भने, ‘अब पार्टी सुदृढीकरण अभियानमा लाग्नु पर्छ ।’ बोर्ड राखिरहँदा एमाले कार्यकर्ताले घर फर्किन पाएको भन्दै खुशी व्यक्त गरेका छन् ।
अध्यक्ष प्रसाईले भावनात्मक रुपमा एक भएर नेकपा एमालेलाई अगाडि बढाउनुपर्ने आवश्यकता रहेको जनाउँदै गोलबद्ध भएर संगठन विस्तार र सुदृढिकरण अभियानमा सहभागी नगर कार्यकर्ताहरुलाई निर्देशन पनि दिएका छन् ।
सर्वोच्च अदालतले नेकपाको अस्तित्व अस्वीकार गर्दै साविकका दुई पार्टी नेकपा एमाले र माओवादी केन्द व्युताएपछि उनीहरूले आ(आफनो कार्यालय व्यवस्थापन गरिरहेका छन् ।
तीन दिनअघि जिल्ला पार्टी कार्यालयमा पनि नेकपा लेखिएको बोर्ड हटाएर एमालेको बोर्ड राखिएको थियो ।
Comments