आठौं वार्षिक साधारणसभा कार्यक्रम सम्बन्धी सूचना
Published:
by .सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोड ४ झापाको
आठौं वार्षिक साधारणसभा कार्यक्रम सम्बन्धी सूचना
यस संस्थाको मिति २०७५/०५/०५ गतेको सञ्चालक समितिको नियमित बैठकले गरेको निर्णय अनुसार यही मिति २०७५/०५/२८ गते बिहीबारका दिन आठौं वार्षिक साधारणसभा तपशीलको मिति, स्थान र समयमा सम्पन्न गर्न निर्णय भएको छ ।
उक्त साधारणसभामा सहभागिताको लागि संस्थाको विनियम २०६९ को परिच्छेद ६ को दफा ३९ को उपदफा ४ बमोजिम प्रतिनिधि छान्नुपर्ने भएकाले प्रतिनिधि हुन इच्छुक सदस्यले अनिवार्य रुपमा एकप्रति पासपोर्ट साइजको फोटो लिएर निम्न मिति, स्थान र समयमा उपस्थितिका लागि यो सूचना प्रकाशन गरिएको छ ।
साथै यसै सूचनालाई आधार मानेर तोकिएको मिति, समय र स्थानमा उपस्थित भई साधारणसभाको लागि प्रतिनिधि छनोट गरिने कार्यमा सहभागी भइदिनु हुन पनि हार्दिक अनुरोध गरिन्छ ।
तपसील
साधारणसभा कार्यक्रम
मितिः २०७५/०५/२८ गते बिहीबार
समयः बिहान १०ः३० बजेदेखि
स्थानः अग्रसेन भवन बिर्तामोड (झापा)
प्रतिनिधि छनोट कार्यक्रम
१. बिर्तामोड सेवा केन्द्र अन्तरगत २०७५/०५/१७ गते आइतबार स्थान: सेन्टर प्वोइन्ट पार्टी प्यालेसमा
२. भद्रपुर सेवा केन्द्र अन्तरगत २०७५/०५/१७ गते आइतबार स्थान: एनसीडीसी हलमा
३. दुहागढी सेवा केन्द्र चारआली अन्तरगत २०७५/०५/१७ गते आइतबार स्थान: दुर्गा पाञ्चायन मन्दिरमा
४. बनियानी सेवा केन्द्र अन्तरगत २०७५/०५/१८ गते सोमबार स्थान: कार्यालय भवनमा
५. गोलधाप सेवा केन्द्र अन्तरगत २०७५/०५/१८ गते सोमबार स्थान: वडा कार्यालय भवन, गोलधापमा
६. सुरुङ्गा सेवा केन्द्र अन्तरगत २०६५/०५/१८ गते सोमबार स्थान: कनकाई सामुदायिक वनको कार्यालय भवनमा
७. मेचीनगर सेवा केन्द्र काँकारभिट्टा अन्तरगत २०७५/०५/१९ गते मङ्गलबार स्थानः कार्यालय भवनमा
८. धुलाबारी सेवा केन्द्र अन्तरगत २०७५/०५/१९ गते मङ्गलबार स्थानः कार्यालय भवनमा
९. सेवा केन्द्र बुधबारे अन्तरगत २०७५/०५/१९ गते मङ्गलबार, स्थान: कार्यालय भवनमा
१०. सेवा केन्द्र टाघनडु्ब्बा अन्तरगत २०७५/०५/२० गते बुधबार स्थान: कार्यालय भवनमा
११. सेवा केन्द्र दूधे अन्तरगत २०७५/०५/२० गते बुधबार स्थान: कार्यालय भवनमा
१२. सेवा केन्द्र गौरादह अन्तरगत २०७५/०५/२० गते बुधबार स्थान: कार्यालय भवनमा
समयः सबै सेवा केन्द्रमा बिहान १० बजेदेखि सुरु हुनेछ ।
Comments