Sajhamanch Archive

भारतको नागपुरमा कोरोना संक्रमित बढेपछि लकडाउन

Published: in विश्व समाचार, स्वास्थ्य by .

काठमाडौं । कोरोना भाइरस संक्रमित पुनः बढेपछि भारतको महाराष्ट्रमा लकडाउन गरिएको छ । महाराष्ट्र राज्य सरकारले नागपुरमा एक साताका लागि लकडाउन घोषणा गरेको हो ।

महाराष्ट्र सरकारले मार्च १५ देखि २१ सम्म लकडाउन घोषणा गरेको हो। लकडाउनको अवधिमा मानिसहरुलाई अत्यावश्यक कामबाहेक बाहिर निस्कन प्रतिबन्ध गरिएको छ।

सरकारले यसअघि राजनीतिक‚ धार्मिक कार्यक्रमका लागि जमघट नगर्न आदेश दिएको थियो। अहिले विद्यालय‚ कलेज‚ कोचिङ सेन्टरलगायत भीडभाड हुने स्थानहरु बन्द रहेको जनाइएको छ। निजी कार्यालयहरु बन्द रहनेछन् भने सरकारी कार्यालयमा २५ प्रतिशत कर्मचारीको उपस्थितिमा सेवा दिइने जनाइएको छ।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *