Sajhamanch Archive

माओवादीको केन्दीय बैठकमा ६ एजेण्डा पेश

Published: in मिडियाबाट साभार, राजनीति by .

काठमाडौं । नेकपा माओवादीको केन्दीय समिति बैठकमा ६ वटा एजेण्डा पेश भएका छन् ।

पेरिसडाँडामा जारी बैठकमा सहिदहरुप्रति श्रद्धाञ्जली, वर्तमान राजनीतिक अवस्थाबारे केन्द्र र प्रदेशको रिपोर्ट पेश, रिपोर्टहरुमाथि छलफल र सुझाव लिने, राष्ट्रिय कार्यकर्ता भेला र विधि एजेण्डा रहेको स्रोतले जनाएको छ ।

विविधमा पार्टीको नाम परिवर्तन र कम्युनिस्ट पार्टीहरुबीचको एकताबारे छलफल गर्ने एजेण्डा तय गरिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्दै आगामी रणनीति तय गर्ने सो पार्टीका नेताहरुले बताएका छन् ।

पछिल्लो राजनीतिक ध्रुवीकरणसँगै नयाँ सरकार गठन, ओलीको बर्हिगमन, त्यसका लागि दलहरुबीच भइरहेको वार्ता र समीकरणका बारेमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैठकमा ब्रिफिङ गर्ने नेताहरुको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *