Sajhamanch Archive

शरीर मन्दिर हो आत्मानै ईश्वर

Published: in साहित्य, by .

शरीर मन्दिर हो
आत्मानै ईश्वर
शरीर शुद्ध
मन पवित्र बनाई
सत्कर्म गर्नु पर्दछ
चित्त शुद्ध भएँ
आत्मा पवित्र हुन्छ
जहाँ ईश्वरको निवास हुन्छ
कण कणमा
नदिमा झरनामा छहरामा पहरामा
तिमीलाई नै पाउँछु
तिमी भित्रनै हराउँछु
शरीर भगवानले
दिएको सुन्दर उपहार हो
आफ्नै शरीरप्रति अथाह प्रेम गर
कृतज्ञ बन आभारी बन
तिमी यो संसारमा खेल्न आयौं
रमाउन आयौं उत्सव मनाउन आयौं
तिमी केहि क्षणको लागि आएका हौ
आज तिमी आयौं भोलि जानेछौ
म भित्रको भावलाई प्रेम गर श्रद्धा गर
नर्कको तीन द्वार छन्
काम क्रोध र लोभमा बसमा राख
यसले हामी भित्रको चेतनालाई खल्बराउँछ
हामिले फेर्ने प्रत्येक श्वास श्वासमा
प्रार्थना गर
शरीर मन्दिर हो भने
आत्मानै ईश्वर हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *