भारतविरुद्धको दोस्रो टी २० क्रिकेटमा इङ्ग्ल्याण्ड ७ विकेटले पराजित
Published:
by .काठमाडौं । दोस्रो ट्वान्टी ट्वान्टी क्रिकेटमा भारतले इङ्ग्ल्याण्डलाई पराजित गरेको छ ।
घरेलु मैदान अहमदाबादमा गएराति भएको खेलमा भारतले इङ्ग्ल्याण्डलाई ७ विकेटले पराजित गरेको हो ।
इङ्ग्ल्याण्डले दिएको १ सय ६५ रनको लक्ष्य भारतले १३ बद बाँकी छँदै भेट्टायो । भारतका लागि इशान किशन र कप्तान विराट कोहलीले अर्धशतकीय पारी खेले ।
डेब्यु खेलाडी किशानले ५६ रन बनाए भने कोहलीले ७३ रनको योगदान गरे । यस्तै, ऋषभ पन्तले २६ रन जोडे । इङ्ग्ल्याण्डका लागि साम करण, क्रिस जोर्डन र आदिल राशीदले एकरएक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको इङ्ग्ल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । जितसँगै भारतले ५ खेलको श्रृङ्खलामा १-१ को बराबरी गरेको छ । पहिलो खेलमा इङ्ग्ल्याण्ड ८ विकेटले विजयी भएको थियो ।
उज्यालोबाट
Comments