Sajhamanch Archive

खनाल–नेपाल सर्वदलीय बैठकमा नजाने

Published: in राजनीति by .

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको चियापान कार्यक्रममा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल सहभागी नहुने भएका छन् । राष्ट्रपति भण्डारीले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दल र पूर्वप्रधानमन्त्रीहरूलाई बैठकमा बोलाएकी छन् । बैठक मंगलबार अपराह्न ४ बजेलाई तय गरिएको छ ।

राष्ट्रपतिले आह्वान गरेको बैठकमा खनाल नेपाल नजाने र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि जानेनजाने यकिन भइनसकेको उनको सचिवालयले जानकारी दिएको छ । “हामी अर्को बैठकको तयारी भोलिलाई तय गरिएकोे कार्यकर्ता भेलाको सन्दर्भमामा छौँ,” खनालले बाह्रखरीसँग सर्वदलीयमा नजाने संकेत गर्दै भने । एमालको खनाल–नेपाल समूहले भोलि होटल हेरिटेज गार्डेनमा कार्यकर्ता भेला राखेको छ ।

खनाल त्यसैको तयारी बैठकमा छन् । माधव नेपाल निकट स्रोतले पनि उनी सर्वदलीय बैठकमा सहभागी नहुने बतायो ।

मुलुकमा राजनीतिक जटिलता झाँगिएसँगै र झण्डै दुई तिहाइ समर्थन पाएको सरकार बहुमतमा खुम्चिएपछि र बहिर्गनम उन्मुख बनेपछि राष्ट्रपति सक्रिय बनेकी छन् ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *