Sajhamanch Archive

डीएपी र डीएएमा आयातको सीमा बढ्यो

Published: in अर्थतन्त्र by .

काठमाडौं । नेपाल राष्ट्र बैंकले एलसी प्रतितपत्र बाहेक परिवत्र्य विदेशी मुद्रा भुक्तानी हुने गरी भारतबाहेक अन्य मुलुकहरूबाट हुने आयातको सीमा बढाएको छ ।

केन्द्रीय बैंकले भारतबाहेक तेस्रो मुलुकबाट डीएपी डकुमेन्ट अगेन्स्ट पेमेन्ट र डीएए डकुमेन्ट अगेन्स्ट एइसेप्टेन्सको माध्यमबाट आयात गर्दा ५० हजार डल बरावरको परिवत्र्य विदेशी मुद्रामा मात्रै आयत गर्न सकिने व्यवस्था रहेको र त्यसको सीमा बढाएर १ लाख डलर पुर्याएको छ ।

डीएपी र डीएएमा आयात गर्दा परिवत्र्य विदेशी मुद्रमा २०७७ साउनसम्म कुनै सीमा नभए पनि कोभिडको प्रभाव बढ्दै जाँदा आयातमा नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले २०७७ साउन ४ गते ५० हजार डलरको सिमा राखदेको थियो । अब कोभिड पछि अर्थतन्त्र चलायमान भएएको र उद्योगि व्यापारीले पनि आयातमा समस्या भएको बताएपछि राष्ट्र बैंकले तयसको सिमा बढाएर १ लाख डलर पुर्याएको हो ।

भारत तथा तेस्रो मुलुकबाट हुने आयातलाइ सहजीकरण गर्न उक्त सीमा बढाएको राष्ट्र बैकका डेपुटी गभर्नर बमबहादुर मिश्र बताउँछन् । ‘निकासी पैठारी ऐन, २०१३’ अनुसार उक्त व्यवस्था गरेको उनले बताए ।

यस्तै केन्द्रीय बैंकले आयाता गर्दा कृषि तथा पशुपन्छी विकास मन्त्रालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको मात्रै पूर्व स्वीकृति लिनुपर्ने व्यवस्थामा परिमार्जन गर्दै अब जुन प्रकृतिको बस्तु आयात गर्नुपर्ने हो सम्बन्धित विभागको स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *