Sajhamanch Archive

शुक्रबारको बैठकमा नआउने सांसदलाई कारवाही हुने

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति by .

काठमाडौं । नेकपा एमाले संसदीय दलको शुक्रबार बोलाइएको बैठकमा पनि नआउने सांसदलाई कारवाहीको प्रक्रिया अघि बढाइने भएको छ । त्यसका लागि दलको विधान संशोधन गरेर केन्द्रीय कमिटीमा प्रस्ताव लगिनेछ ।

निर्वाचन आयोगले दिएको समय अझै केही दिन रहेकाले अहिले नै कारवाही प्रक्रिया अघि नबढाइएको एक सांसदले जानकारी दिए । सांसद कृष्ण राईका अनुसार शुक्रबार बिहान साढे १० बजे बोलाइएको बैठकमा पनि उपस्थित नभए विधान बमोजिम अघि बढ्ने तयारी भएको छ ।

त्यसलगत्तै केन्द्रीय कमिटीको बैठक पनि बोलाउने तयारी छ ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *