तेस्रो दिन पनि बढ्यो सेयर बजार
Published: (Updated: )
by .काठमाडौं । गएको सातासम्म लगातार ओरालो यात्रामा रहेको सेयर बजारले यो साता भने पुनः लय समातेको छ । साताको दोस्रो कारोबार दिन सोमबार २४०० अंकको विन्दुबाट तल झरको सेयर बजार पछिल्लो तीन कारोबार दिनमा भएको वृद्धिसँगै २५०० अंकको विन्दुलाई पछ्याएको छ ।
साताको अन्तिम कारोबार दिन आज बजार परिसूचक नेप्से ४२.९५ अंकले वृद्धि भएर २४७५/०९ अंकमा बन्द भएको छ । गएको फागनु ९ गते २१४० अंकको ऐतिहासिक विन्दुमा पुगेको थियो । त्यसपछि घट्न सुरु भएको नेप्से यही साताको सोमबार २३८९.१९ अंकसमम झरेको थियो । त्यसपछि मंगलबार बुधबार र बिबीबार तीन दिन लगातार बढेको नेप्सेले पुनः २५०० अंकको विन्दुलाइ पछ्याएको छ ।
बजार परिसूचक बढ्न लागे पनि कारोबार रकम भने स्थिर नै देखिएको छ । अघिल्लो महिना दैनिक औसत ८ अर्बमाथिको कारोबार भएको बजारमा यो साता कारोबार रकम ३.४ अर्बमा मात्रै सीमित भएको छ । यद्यपि, हिजो बुधबारको तुलनामा भने कारोबार रकम बढेको छ । बुधबार ३ अर्ब ३७ करोडको कारोबार भएको बजारमा आज ४ अर्ब ६६ करोडको कारोबार भएको छ । ५७ हजार ७४२ पटकमा २१३ कम्पनीको १ करोड १६ लाख ५७ हजार ९७५ कित्ता सेयर किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।
बजार परिसूचक उकालो लाग्दा व्यापारबाहेक सबै उपसूचक हरियाली भएका छन् । व्यापार उपसूचक १.०६ प्रतिशतले घटे पनि होटेल एन्ड टुरिजम उपसूचक सर्वाधिक ४.०१ प्रतिशतले बढेको छ । यस्तै, उत्पादन उपसूचक ३.०२ प्रतिशत, जीवन बिमा उपसूचक २.५५ प्रतिशत, लघुवित्त उपसूचक २.५२ प्रतिशत, अन्य उपसूचक २.१६ प्रतिशत, लगानी उपसूचक २.०६ प्रतिशत र बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि १.५ प्रतिशतले बढेको छ ।
कबचदयततबm अझभलत
नेप्सेमा हरियाली छाउँदा ग्रीनलाइफ हाइड्रोपावर, युनाइटेड इदी मार्दी हाइड्रोपावर, चन्द्रागिरि हिल्स र नेपाल बंगलादेश बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यता, जोशी हाइड्रोको सेयर मूल्य सर्वाधिक ६.८६ प्रतिशतले घटेको छ । यस्तै, आँखुखोला जलविद्युत् कम्पनीको मूल्य ६.३३ प्रतिशत, दिव्यश्वरी हाइड्रको सेयर मूल्य ५.३४ प्रतिशत, खानीखोला हाइड्रको सेयर मूल्य ५ प्रतिशत र रैराङ हाइड्रको सेयर मूल्य ४.५५ प्रशितले घटेको छ ।
नेपाल बंगलादेश बैंक नबिल बैंकसँग मर्जरमा जान लागेको हल्ला फैलँदा लगनीकर्ता बैंकको सेयरमा झुम्मिएका छन् । सेयर मूल्यमा सकारात्मक सर्किट लागेको बैंकको २२ लाख ३४ हजार २१६ कित्ता सेयर किनबेच हुँदा ७७ करोड २ लाख ९९ हजारको कारोबार भएको छ । यस्तै, नेपाल इन्फ्रास्ट्रचर बैंकको २१ करोड ६६ लाख १५ हजार, नेपाल लाइफ इन्स्योरेन्सको १३ करोड ४४ लाख ९९ हजारको कारोबार भएको छ ।
बाह्रखरी
Comments