Sajhamanch Archive

अनलाइनबाट फाराम भरेर मात्र श्रम कार्यालय आउन अनुरोध

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

काठमाडौं । वैदेशिक रोजगार कार्यालयले सेवाग्राही जहाँ छन्, त्यहीँबाट समयमा नै अनलाइनमा फाराम भरी आफ्नो पालो कुर्न अनुरोध गरेको छ । बिहीबार एक सूचना जारी गर्दै कार्यालयले आफू रहेकै ठाउँबाट अनलाइनमार्फत फाराम भर्न र पालो कुर्न अनुरोध गरेको हो ।

कार्यालयबाट पहिला बायोमेट्रिक भई श्रम स्वीकृति लिइसकेका व्यक्तिहरुले विश्वको जुनसुकै स्थानबाट अनलाइन प्रणालीमार्फत फाराम भरी श्रम स्वीकृति लिने व्यवस्था गरिएको छ । यो व्यवस्था गएको पुस १७ गतेदेखि नै लागु भएको हो ।

तोकिएको मितिमा मात्र श्रम स्वीकृति लिन अनुरोध गरिएको छ । “तोकिएको मितिभन्दा अगावै कार्यालयमा आई अनावश्यक भिडभाड नगर्न, फोन गर्नेजस्ता कार्यले सेवा प्रवाहमा बाधा पर्ने जाने हुँदा त्यस्ता कार्य समेत नगर्न अनुरोध गरिन्छ,” कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ।

यस्तै, कार्यालयले श्रम स्वीकृति लिएपछि मात्र आफ्नो हवाई टिकट काट्न अनुरोध गरेको छ ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *