Sajhamanch Archive

टी- ट्वान्टी सिरिजमा ङ्ग्ल्याण्ड भारतसँग ३६ रनले पराजित

Published: (Updated: ) in खेलकुद by .

काठमाण्डौ । इङ्ग्ल्याण्डविरुद्ध भारतले पाँचौं ट्वान्टी -ट्वान्टी सिरिज ३ -२ ले जितेको छ ।

गएराति भएको अन्तिम तथा पाँचौं खेलमा भारतले इङ्ग्ल्याण्डलाई ३६ रनले पराजित गरेको हो ।

जितको लागि भारतका कप्तान विराट कोहलीले अविजित रहँदै ८० रनको अर्धशतकीय इनिङ्ग खेलेका थिए । यस्तै रोहित शर्माले ६४ रनको अर्धशतकीय इनिङ्ग खेले भने हार्दिक पाण्डेय ३९ रनमा अविजित रहँदा सूर्यकुमार यादवले ३२ रन बनाए ।

भारतले दिएको २ सय २५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इङ्ग्ल्याण्ड २० ओभरमा ८ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो । यसअघि भारतले दोस्रो र चौथो ट्वान्टी -ट्वान्टी सिरिज पनि जितेको थियो । पहिलो र तेस्रो खेल भने पाहुना टोली इङ्ग्ल्याण्डले जितेको थियो ।

टी- ट्वान्टीको विश्व वरियतामा इङ्ग्ल्याण्ड शीर्षस्थानमा छ भने भारत दोस्रो स्थानमा रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *