प्रतिनिधिसभामा विचाराधीन विधेयकका विषयमा छलफल
Published:
by .काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभामा विचाराधीन रहेका विधेयकका विषयमा समितिका सभापतिहरुसँग छलफल गरेका छन् ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रतिनिधिसभाअन्तर्गतका समितिका सभापतिहरुसँग छलफल जारी रहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
हाल प्रतिनिधिसभामा ३६ वटा विधेयक विचाराधीन छन् । समितिमा प्राप्त भएका विधेयकको अवस्था र प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको काम–कारबाहीका बारेमा छलफल गर्नका लागि सभापतिहरुलाई बोलाइएको न्यौपाने बताए । प्रतिनिधिसभामा १० वटा समिति छन् भने दुईवटा संयुक्त राष्ट्रियसभा र प्रतिनिधिसभा समिति छन् ।
गएको पुस ५ गते विघटित प्रतिनिधिसभा फागुन ११ गते पुनःस्थापित भएको थियो । प्रतिनिधिसभा पुनःस्थापनापछि सभामुख सापकोटाले समिति सभापतिहरुसँग पहिलोपटक छलफल गरेका हुन् ।
बाह्रखरी
Comments