एएफसी कपमा आर्मीले श्रीलंकन पुलिससँग खेल्ने
Published: (Updated: )
by .काठमाडौं । एसियाली फुटबल महासंघ एएफसीले एएफसी कप २०२१ को खेलतालिका सार्वजनिक गरेको छ ।
महासंघले सार्वजनिक गरेको तालिका अनुसार नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले प्ले अफमा श्रीलंकाको पुलिस क्लबसँग खेल्ने भएको हो । एएफसीको क्लब लाइसेन्स प्राप्त गरेपछि आर्मीले पहिलोपटक एएफसीको प्रतियोगिता खेल लागेको हो ।
दशरथ रंगशालामा आर्मी र श्रीलंका पुलिसबीचको खेल आउँदो अप्रिल ७ तारिखमा हुनेछ । तालिका अनुसार आर्मीले श्रीलंकाको पुलिसलाई हराएमा दोस्रो खेलमा भारतको बेंगलुरु फुटबल क्लबसँग खेल्नेछ । खेल अप्रिल १४ मा हुनेछ ।
भारतको बेंगलुरुलाई पराजित गर्न सकेमा आर्मीले अप्रिल २१ मा हुने प्ले अफको फाइनल खेल खेल्नेछ । यस प्ले अफको विजेताले समूह चरणको समूह ‘डी’ स्थान बनाउनेछ।
बाह्रखरी
Comments