Sajhamanch Archive

भारतमा कोरोना संक्रमितको संख्या बढ्यो, मध्य प्रदेशका तीन सहर लकडाउन

Published: in विश्व समाचार, स्वास्थ्य by .

नयाँदिल्ली । भारतमा एक दिनमा कोरोनाभाइरस संक्रमित हुनेको संख्याले रेकर्ड कायम गरेपछि मध्य प्रदेशको जबलपुर सहर लकडाउन गरिएको छ । शनिबार झन्डै ४१ हजारमा संक्रमण पुष्टि भएपछि जबलपुर सहर आज पूर्ण लकडाउन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अर्को निर्णय नभएसम्म प्रत्येक आइतबार जबलपुर, भोपाल र इन्दौर सहर लकडाउन गरिने मध्य प्रदेश सरकारले निर्णय गरेको हो । यी तीन सहरका शैक्षिक संस्थाहरु आगामी मार्च ३१ तारिखसम्म बन्द रहने जनाइएको छ ।

शनिबार यहाँ एकैदिन ४० हजार ९५३ जनामा संक्रमण पुष्टि भएको थियो । यो संख्या पछिल्लो १११ दिनमा सबैभन्दा धेरै हो । योसँगै भारतमा कुल संक्रमितको संख्या एक करोड १५ लाख ५५ हजार २८४ पुगेको जनाइएको छ ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *