शहीद धर्मभक्तको स्वर्ण महोत्सव माघमा
Published:
by .कमल । झापाको कमल गाउँपालिका ३ केरखास्थित श्री शहिद धर्मभक्त माद्यमिक विद्यालयले आफ्नो ५०औं वर्ष उत्सव (स्वर्ण महोत्सव) समारोह आगामी माघ १६ गतेदेखि मनाउने भएको छ ।
स्वर्ण महोत्सव समारोह मनाउने सन्दर्भमा आज बसेको विद्यालयको सचिवालय समितीको बैठकले विभिन्न कार्यक्रमका साथ सप्ताहव्यापी कार्यक्रम गर्ने निर्णय गरेको हो ।
बैठकले महोत्सव सम्पन्न गर्नका लागि मूल समारोहसमितिसहित १३ वटा विभिन्न उपसमिति गठन गरेको जनाइएको छ ।
महोत्सव मूल आयोजक समितिका अध्यक्ष चक्रबहादुर गुरुङ्गले दिएको जानकारी अनुसार स्मारिका प्रकाशन, आर्थिक संकलन, प्रचारप्रसार, पूर्व विद्यार्थी मिलन, पूर्वशिक्षक सम्पर्क समिति, स्वयम्सेवक तथा सुरक्षा, महिला तथा बालबालिका, स्वागत तथा सत्कार, अतिरिक्त क्रियाकलाप, साँस्कृतिक, मञ्च व्यवस्थापन, विद्यार्थी परिचालन उपसमिति गठन गरिएको छ ।
त्यसैगरी कमल गाउँपालिका वडा नं. ३ का अध्यक्ष नरप्रसाद दंगालको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको विद्यालयले जनाएको छ ।
Comments