Sajhamanch Archive

जर्मनीमा थप एक महिना लकडाउन

Published: in विश्व समाचार, स्वास्थ्य by .

काठमाडौं । जर्मनीले कोरोना भाइरस नियन्त्रणका लागि लगाएको प्रतिबन्ध अप्रिल १८ सम्म लम्ब्याउने भएको छ । इस्टर पर्वलाई लक्षित गरी लगाइएको प्रतिबन्ध पर्वको समयमा थप कडाई गरिने चान्सलर एन्जेला मर्केलले जनाएकी छिन् ।

अप्रिल १–५ तारिखसम्म कडा प्रतिबन्धका साथ लकडाउन गर्न अधिकारीहरु सहमत भएका अलजजिराले जनाएको छ । बेलायतमा भेटिएको कोरोनाको नयाँ भेरियन्ट जर्मनीको सीमा क्षेत्रमा समेत देखिएको भन्दै यहाँको रोग नियन्त्रण केन्द्रले थप सतर्कता अपनाउन सुझाव दिएको छ ।

जर्मनीमा पछिल्लो एक हप्तामा प्रतिलाख जनसंख्यामा १०७ जना संक्रमित भेटिएका छन् । यो संख्या १०० भन्दा बढी भएमा ‘इन्टेन्सिभ केयर युनिट’ पूर्ण क्षमतामा नरहने यहाँको ‘रोबर्ट कोच इन्स्टिच्युट फर इन्फेक्सियस डिजिज’ले जनाएको छ । आइतबारसम्म तीन हजारभन्दा बढी संक्रमितहरु ‘इन्टेन्सिभ केयर युनिट’मा छन् ।

पाँच दिनको प्रतिबन्धको समयमा सबै पसलहरु बन्द रहने तथा ‘धार्मिक सेवा’हरु अनलाइनबाट प्रदान गरिने समाचारमा जनाइएको छ । इस्टरको अघिल्लो दिन अप्रिल ३ मा किराना पसलहरु भने खोल्न दिइने छ ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *