नेपाली खेलाडी आबद्ध मासा युनाइटेडले कराचीलाई ३५.० ले हरायो
Published:
by .काठमाडौं । पाकिस्तान नेशनल वुमन च्याम्पियन्स फुटलबमा नेपाली खेलाडी रहेको मासा युनाइटेडले कराची एफसीलाई ३५—० गोलले हराएको छ ।
मासाका लागि नेपाली खेलाडी अनिता केसी एक्लैले १६ गोल गरिन् । यस्तै सरु लिम्बुले १०, गीता राना र गोलकिपर एन्जिला तुम्बापो सुब्बाले समान २.२ गोल गरे ।
पाकिस्तानी खेलाडीले पाँच गोल गरे । पाकिस्तानको महिला लिगमा यो अहिलेसम्मकै ठूलो अन्तरको जीत हो ।
उज्यालोबाट
Comments