Sajhamanch Archive

नयाँदिल्लीमा सार्वजनिक स्थानमा चाडपर्व मनाउन रोक

Published: in विश्व समाचार, समाज by .

नयाँदिल्ली । भारतको नयाँदिल्लीमा कोरोना संक्रमणको दर बढेसँगै सार्वजनिक स्थानमा चाडपर्व मनाउन रोक लगाइएको छ ।

दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण डीडीएमएले एक सूचना जारी गर्दै सार्वजनिकस्थलमा होली, नवरात्रि लगायतका चाडपर्व मनाउन रोक लगाएको बीबीसी हिन्दीले जनाएको छ ।

विश्वलाई आक्रान्त बनाएको कोभिड–१९ महामारीको संवेदनशीलताप्रति सरकार गम्भीर छ । दैनिक संक्रमितको संख्या बढीरहेको अवस्थामा सरकारले सार्वजनिकस्थलमा भिडभाड हुने सभा–सम्मेलन, भेला, चाडपर्व लगायतमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ, सूचनामा भनिएको छ ।

यो आदेशको उल्लंघन गर्नेलाई डीडीएमए ऐन, २००५ को दफा ५१ देखि ६० अनुसार कारबाही हुने सूचनामा उल्लेख गरिएको जनाइएको छ ।

मंगलबार दिल्लीमा एक हजार १०० संक्रमित थपिएसँगै डीडीएमएले यस्तो आदेश जारी गरेको हो ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *