Sajhamanch Archive

लाइसेन्स छपाई बन्द

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । स्मार्ट कार्डको अभावले सवारी चालक अनुमति पत्र लाइसेन्स छपाई कार्य बन्द भएको छ । स्मार्ट कार्डको अभावमा छपाई बन्द भएको हो । स्मार्टकार्ड नहुँदा ३ लाख १० हजार सवारी लाइसेन्स यातायात व्यवस्था विभागमै थन्किएका छन् ।

यद्यपि, विदेश जानका लागि अत्यावश्यक छपाई भने गरिँदै आएको विभागले जनाएको छ । ‘स्टक’मा राखिएका ‘स्मार्टकार्ड’ सकिँदा लाइसेन्स छपाई कार्य अवरुद्ध भएको यातायात व्यवस्था विभागका इन्जिनियर सन्तोष पोखरेल बताउँछन् । स्कटमा राखेका स्मार्टकार्ड सकिदा लाइसेन्स छपाइमा समस्या आएको उनी बताउँछन् ।

कोरोना महामारीपछि नेपालमा स्मार्टकार्डको आयात हुन सकेको छैन । स्मार्ट कार्ड नेपालमा उत्पादन हुँदैन ।

उनले भने, “कोरोना महामारी पछि नयाँ स्मार्ट कार्ड खरिद गर्ने प्रक्रिया अघि बढाउन सकिएन । नयाँ लाइसेन्स छाप्ने मेसिन नहुँदा समस्या भएको थियो । अहिले नयाँ मेसिन त आयो तर, स्मार्टकार्ड छैन् ।”

पाँच लाख नयाँ आवेदन

विभागका अनुसार कोरोना महामारीपछि मात्रै पाँच लाख सेवाग्राहीले लाइसेन्सका लागि नयाँ आवेदन दिएका छन् । कोरोना महामारीमा बन्द भएको सवारी लाइसेन्स आवदेन गत पुस १४ गतेबाट सुरु गरिएको थियो ।

हालसम्म ट्रायलको परीक्षा दिने मध्ये चार हजार पाँचसयले पास गरेका छन् । ट्रायलको परीक्षा लिने क्रम भने रोकिएको छैन । एक पटक लिखित परीक्षा पास गरेपछि १८ महिनासम्म ट्रायल दिन पाउने व्यवस्था छ ।

९० दिनभित्र उपलब्ध हुनेगरी नयाँ टेण्डर

स्मार्ट लाइसेन्स कार्ड ९० दिनभित्र उपलब्ध हुनेगरी नयाँ टेन्डर जारी गरिएको इञ्जिनयर पोखरेल बताउँछन् । उनले भने, “स्मार्टकार्ड आएपछि लाइसेन्स छपाई सुरु गर्छौं । अहिले हामीले विदेश जाने लगायत अत्यावश्यक सेवाग्राहीलाई मात्रै सवारी लाइसेन्स उपलव्ध गराउन सक्छौँ ।”

विभागका अनुसार ९० दिनसम्ममा नयाँ टेण्डर प्रक्रियाबाट स्मार्ट कार्ड आउने छ । त्यसपपछि लगत्तै छपाई सुरु हुने छ । छपाई सुरु भएपछि ट्रायल पास गरेको एक महिनाभित्र लाइसेन्स वितरण गर्ने विभागको दाबी छ ।

फ्रान्सेली कम्पनीसँग विभागले १४ लाख स्मार्ट कार्ड उपलब्ध गराउने गरी सम्झौता गरिसकेको छ ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *