Sajhamanch Archive

त्रिदेशीय फुटबलका लागि नेपाली टोलीको घोषणा

Published: in खेलकुद by .

काठमाडौं । घरेलु मैदानमा जारी त्रिदेशीय फुटबलका लागि नेपाली टोलीको घोषणा भएको छ ।

मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बुधबार किरण चेम्जोङको कप्तानीमा नेपाली टोलीको घोषणा गरेका हुन् ।

२३ सदस्सीय नेपाली टोलीमा नवयुग श्रेष्ठ भने परेनन् । यता विराज महर्जनले भने लामो समयपछि टिममा पुनरागमन गरेका छन् ।

सन्यास लिने तयारीमा रहेका उनी टिममा परेका हुन् । विराजले त्रिदेशीय फुटबलपछि सन्यास लिने बताएका हुन् ।

नेपाली टोलीमा गोलकिपर दीप कार्की, डिफेन्डर निशान खड्का, छिरिङ गुरुङ, मिडफिल्डर त्रिदेभ गुरुङ र सन्जोग राई पहिलो पटक टिममा परेका छन् ।

अनन्त तामाङ टिममा फर्किएका छन् । त्रिदेशीय कपमा नेपाल, बंगलादेश र कीर्गिस्तानको यू–२३ टिमको सहभागिता रहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले भोलि ९बिहीबार० पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ ।

नेपाली टोली

गोलरक्षक ; किरण चेम्जोङ, दीप कार्की, विकेश कुथु

डिफेन्डर ; रोहित चन्द, अनन्त तामाङ, रंजित धिमाल, निशान खड्का, दिनेश राजवंशी, विराज महर्जन, छिरिङ गुरुङ, अजित भण्डारी

मिडफिल्डर; त्रिदेभ गुरुङ, सुजल श्रेष्ठ, रबि शंकर पासवान, तेज तामाङ, एरिक विष्ट, सुनिल बल, सन्जोग राई, विशाल राइ
फरवार्ड ; भरत खवास, अन्जन विष्ट, दर्शन गुरुङ, अविशेक रिजाल

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *