Sajhamanch Archive

दुर्गाप्रसादलाई नेपाली नागरिकता प्रदान

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by .

इलाम । भारतमा ४० वर्ष जेल बसेर हालैमात्र नेपाल फर्काइएका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)ले नेपाली नागरिकता पाएका छन् । उनले बिहीबार जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता लिएका हुन् ।

उनलाई सहायक सिडिओ झरेन्द्रप्रसाद चापागाई र प्रमुख प्रशासकीय अधिकृत देवीचरण फुएँलले नागरिकता प्रदान गरेका हुन् । दुर्गाप्रसादको परिवारले नागरिकताका लागि चासो देखाएपछि जिल्ला प्रशासन कार्यालयले पनि सहजीकरण गरिदिएको थियो ।

‘हामीलाई माइ नगरपालिका र त्‍यहाँका जनप्रतिनिधिले पहल गरेपछि हामीले पनि दुर्गाप्रसादलाई नागरिकता दिएका हौं’ सहायक सिडिओ चापागाईले जानकारी दिए ।

योसँगै भारतमा क्षतिपूर्ति माग दाबीका लागि पहल गर्न भाइ प्रकाशचन्द्र तिम्सिना र भतिजा गोपाल तिम्सिनाको नाता प्रमाणिकरण प्रमाणपत्र पनि बनाइएको छ ।

उच्च अदालत कोलकाताले तिम्सिनको परिवारले क्षतिपूर्ति मागे दिनू भनी आदेश दिए लगत्तै प्रक्रिया सुरु गर्न नाता प्रमाणिकरण गरिएको भाइ प्रकाशचन्द्रले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *