विद्यालयका फोकल पर्सनलाई एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न
Published:
by .बिर्तामोड । बिर्तामोड नगरपालिकालाई बालमैत्री नगर घोषणा अभियान अन्तर्गत नगर भित्रका विद्यालयका फोकल पर्सनलाई एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
बालबालिका तथा शिक्षा संचार मञ्च नेपालको आयोजना र बिर्तामोड नगरपालिकाको समन्वयमा सम्पन्न प्रशिक्षण कार्यक्रममा नगरका सामुदायिक, संस्थागत र धार्मिक बिद्यालयका शिक्षक प्रतिनिधि फोकल पर्सनहरुको सहभागिता रहेको थियो ।
प्रदेश एककै पहिलो बालमैत्री नगर भद्रपुर नगरपालिकाका बाल क्लब फोकल पर्सन दिपक पाण्डेले प्रशिक्षण दिएको कार्यक्रममा प्रशिक्षार्थिहरुले बिधालयमा बाल क्लब गठन गरिएता पनि प्रक्रियाको विषयमा अन्योल अवस्थामा रहेको बताएका थिए । सोही क्रममा प्रशिक्षण दिदै प्रशिक्षक पाण्डेले बालमैत्री बिधालय हुनलाई चाहिने सुचकहरु र आवश्यक विषयमा प्रष्ट पारेका थियो ।
प्रशिक्षण कार्यक्रमले बाल क्लब गठन र यस्का कार्यविधीको बिषयमा प्रष्ट भएको बताउदै फोकल पर्सनहरुले महत्वपूर्ण जिम्मेवारी पाएको बताउदै नगरको बिधान अनुसार अघि बाड्न प्रेरित भएको जनाएका छन । बालबालिका तथा शिक्षा संचार मंच सङ्ग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रशिक्षार्थीहरुले बालबालिकाको क्षेत्रमा कटिबद्द भएर काम गर्ने उद्घोषण गरेका छन ।
बालबालिका तथा शिक्षा संचार मंच नेपालका संयोजक सरोज पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा सदस्य प्रकाश पौडेलको स्वागत रहेको कार्यक्रमको संचालन सुष्मा त्रीखत्रीले गरेकी थिइन् ।
Comments