Sajhamanch Archive

इन्डोनेशियामा आत्मघाती बम हमला, १४ घाइते

Published: in विश्व समाचार by .

काठमाडौं । इन्डोनेशियाको एक चर्चबाहिर आत्मघाती बम हमला हुँदा १४ जना घाइते भएका छन् । आज आइतबार इस्टर सप्ताहको पहिलो दिन मकसार शहरमा रहेको उक्त क्याथोलिक चर्चमा आत्मघाती बम हमला भएको यहाँको प्रहरीले जनाएको छ ।

चर्चका पादरी विल्हेमस तुलकका अनुसार एक संदिग्ध आक्रमणकारीले मोटरसाइकल चर्चमा छिराउन लागेको थियो । तर उसलाई सुरक्षाकर्मीले प्रवेश गर्नबाट रोकेको बताइएको छ ।

स्थानीय प्रहरीले हमलामा एक जनाको मात्र संलग्नता रहेको बताए पनि दुईजना संलग्न रहेको यहाँको केन्द्रीय प्रहरीले जनाएको छ ।
अहिलेसम्म हमलाको जिम्मेवारी कुनै समूहले लिएको छैन ।

हमला चर्चको मुख्य द्वारभित्र नभएकाले ठूलो क्षति हुन नपाएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *