Sajhamanch Archive

जापानमा ५.८ म्याग्नीच्यूडको भूकम्प

Published: in विश्व समाचार by .

टोकियो । जापानमा आइतबार शक्तिशाली भूकम्प गएको छ ।

जापानको चिबा प्रिफेक्चरमा आइतबार बिहान ५.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको हो।

भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट करिब ५० किलोमिटरको गहिराइमा रहेको थियो । भूकम्प स्थानीय समयानुसार बिहान ९.२७ मा गएको थियो । तर भूकम्पका कारण पूर्वी सागरमा कुनै सुनामीको चेतावनी दिइएको छैन ।

गत साता पनि उत्तरपूर्वी जापानमा ७.२ म्याग्नीच्यूडको भूकम्प गएको थियो । जापान भूकम्पीय दृष्टिबाट निकै जोखिमयुक्त राष्ट्रमा रहेको छ । –सिन्ह्वा

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *