Sajhamanch Archive

भारतमा २४ घण्टामा २९५ जनाको मृत्यु, ६८ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

Published: in विश्व समाचार, स्वास्थ्य by .

झापा । भारतमा कोरोना भाइरसको सङ्क्रमण संख्या थप बढ्दै गएको छ ।

गएको २४ घण्टामा ६८ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् भने यही अवधिमा २९५ जनाको ज्यान गएको छ ।

भारतमा ५ लाख २३ हजारभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् । होलीका कारण त्यहाँ कोरोनाको सङ्क्रमण थप बढ्न सक्ने अनुमान गरिएको छ ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै धेरैजसो ठाउँमा सार्वजनिक रुपमा भेला हुन र भीडभाड गर्न रोक लगाइएको छ ।

मुम्बईका मुख्यमन्त्री उद्धव ठाकरेले लकडाउनको अवधि लम्बिन सक्ने बताएका छन् । त्यहाँ राति आठ बजेदेखि बिहान सात बजेसम्म कर्फ्यु छ । यस्तै, केरला, पन्जाब, महाराष्ट्र, गुजरात लगायतका राज्यमा पनि सुरक्षा सावधानीमा कडाइ गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *