Sajhamanch Archive

वीरता जेसीजद्वारा दुई पुरस्कार स्थापना

Published: in समाज by .

बिर्तामोड । झापाको बिर्तामोडस्थित वीरता जेसीजले संस्थाका पूर्व अध्यक्ष स्व. मदन ढकाल र स्व. दिलकुमार शर्मा घिमिरेको स्मृतिमा पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ ।

वीरता जेसीज सन् २०१८ को प्रथम साधारणसभाले उक्त निर्णय गरेको हो । शुक्रबार बिर्तामोडमा सम्पन्न साधारणसभाले ‘स्व. मदन ढकाल स्मृति वीरता जेसीज उत्कृष्ट पत्रकारिता पुरस्कार’ र ‘स्व. दिलकुमार शर्मा स्मृति वीरता जेसीज सक्रिय पूर्व अध्यक्ष पुरस्कार’ स्थापनाको निर्णय गरेको छ ।

पुरस्कार स्थापनाका लागि ढकाल र शर्माका परिवारसँग समन्वय गरी अक्षयकोष खडा गर्ने र त्यसको ब्याजबाट हरेक वर्ष पुरस्कार वितरण गरिने बताइएको छ । शुरुमा कम्तीमा १–१ लाखको अक्षयकोष राखी ११–११ हजार रुपैयाँ राशीको पुरस्कार प्रदान गरिने र सो पुरस्कार यसवर्षको मंसीरबाट वितरण शुरु गरिने जनाइएको छ ।

साधारणसभाले पुरस्कार स्थापनासहित विभिन्न पाँचवटा प्रस्तावहरु पारित गरेको छ । अध्यक्ष एकराज गिरी र महासचिव कमलप्रसाद पाण्डे विनोदले प्रस्तुत गरेको हालसम्मका कार्यक्रमको अनुमोदन र अबको कार्ययोजनासमेत साधारणसभाले पारित गरेको छ ।

त्यसैगरी तीन वर्षे कार्यवधि रहेको वीरता जेसीज दीर्घकालीन योजना समितिलाई समेत सभाले अनुमोदन गरेको छ । समितिको सभापतिमा राजकुमार पोखरेल, सदस्यहरुमा शिवकुमार अग्रवाल, विनोद बस्नेत, प्रमेश राजकर्णिकार र एकराज गिरी रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *