Sajhamanch Archive

सबै राज्यमा स्वास्थ्य मापदण्ड पालना गर्न बाइडेनको अपिल

Published: in विश्व समाचार, स्वास्थ्य by .

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले सबै राज्य र सहरहरुमा मास्क लगाउन प्रोत्साहित गर्न गभर्नर एवम् मेयरहरुलाई अपिल गरेका छन् ।

कोेरोना महामारीबारे भएको पत्रकार सम्मेलनमा उनले महामारी पूर्णरुपमा उन्मूलन भइनसकेकाले अनिवार्य मास्क लगाउन आवश्यक रहेको र त्यसका लागि प्रोत्साहित गर्न आग्रह गरेका हुन् ।

मानिसहरुको लापरबाहीका कारण कोरोना सङ्क्रमणको दर बढ्दो क्रममा रहेको भन्दै उनले सबैले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नसमेत आग्रह गरेका छन् ।

आफूले कार्यभार सम्हालेपछि सङ्क्रमणदर दुईतिहाइ घटाउन सफल भएको भन्दै उनले अहिले पनि लापरबाही गर्न नहुने बताए । सरकारले कोरोनाविरुद्धको खोप सबैभन्दा धेरै व्यक्तिलाई लगाउने प्रयास गरिरहेको भन्दै उनले आमनागरिकले पनि मास्क लगाउनेजस्ता स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने बताए ।

अमेरिकामा अहिलेसम्म ३ करोड १० लाख २८ हजारलाई कोरोना सङ्क्रमण भइसकेको छ भने ५ लाख ६३ हजार १ सय ६८ जनाको ज्यान गइसकेको छ ।

उज्यालोबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *