Sajhamanch Archive

ऐँसेलुखर्क गाउँपालिकाको वडा कार्यालयमा लागेको ताला १३ दिनपछि खुल्यो

Published: in मिडियाबाट साभार, समाज, by .

खोटाङ । खोटाङको ऐँसेलुखर्क गाउँपालिका २ बाकाचोल वडा कार्यालयमा लागेको ताला १३ दिनपछि खोलिएको छ ।

वडाध्यक्ष सन्तवीर तामाङले एकल ढङ्गले बिस्काम खोलाको पानी अन्यत्र लैजान अनुमति दिएको भन्दै असन्तुष्ट स्थानीयबासिन्दाले गएको चैत ४ गते वडा कार्यालयमा ताला लगाएका थिए ।

गाउँपालिका अध्यक्ष विश्वनाथ निरौला, उपाध्यक्ष पुष्पकला भुजेल, वडाध्यक्ष सन्तवीर तामाङ तथा निवेदककातर्फबाट वडा सदस्य जयकुमार तामाङ, स्थानीय नन्दकुमार तामाङ, दिपक राई लगायतबीच भएको छलफलले बिस्काम खोला मुहान भएको खानेपानी आयोजना रद्द गर्ने सहमति भएको हो ।

साथै बादेल–बिस्काम सडक उपभोक्ता समिति पुनर्गठन गरेर काम अघि बढाउने सहमति गरेपछि आज बिहान ताला खोलिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *