Sajhamanch Archive

प्रतिनिधिसभा बैठक सुरु

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा शून्य र विशेष समय पनि चल्नेछ । सो समयमा संसद्भित्र रहेका विभिन्न राजनीतिक दलका सांसदहरुले समसामयिक विषयमा आफ्ना धारणा राख्नेछन् ।

त्यस्तै, आजको कार्यसूचीमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पनि पेस हुनेछ । नेपाल इन्जिनियरिङ परिषद् पहिलो संशोधन विधेयकसम्बन्धी विकास तथा प्रविधि समितिको प्रतिवेदन पनि पेस हुनेछ ।

पूर्वसांसद नवीन्द्रराज जोशी र संविधानसभा सदस्य लक्ष्मीदेवी भण्डारीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *