Sajhamanch Archive

बिर्तामोडका विद्यालय सञ्चालक विरूद्ध उजुरी

Published: in मुख्य समाचार, शिक्षा, समाज, स्थानीय तह by .

भद्रपुर । राज्यको निर्णय नमान्ने तथा बालबच्चाको स्वास्थ्य माथि खेलवाड गर्ने बिर्तामोडका विद्यालय सञ्चालकहरु विरूद्ध उजुरी परेको छ ।

संघीय सरकारले वातावरण प्रदुषणका कारण बालबालिकाको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने भन्दै चैत १७ गतेदेखि २० गतेसम्मका लागि गरिएको पठनपाठन बन्द अवज्ञा गर्ने बिर्तामोडका विद्यालय सञ्चालक विरूद्ध उजुरी परेको हो ।

अभिभावकका तर्फबाट खेमराज ओली तथा शिक्षक कर्मचारीका पक्षबाट इच्छाराम निरौलाले बिर्तामोड शिक्षा समिति, प्याब्सन, एन प्याब्सन र विद्यालय सञ्चालक एवम् व्यवस्थापन समितिले संघीय सरकारको निर्णय नमानेको, बाल बालिकाको स्वास्थ्य जोखिम बढाएको भन्दै कानूनी कारवाही चलाउनसमेत माग गर्दै शिक्षा विकास समन्वय इकाई झापामा उजुरी दिएका हुन् ।

उजुरी बुझ्दै शिक्षा समन्वय अधिकारी राजकुमार विकले संघीय सरकारको निर्णय कार्यान्वयन गर्न स्थानीय सरकार जिम्मेवार हुनुपर्ने, नीति, नियम र निर्देशन पालनामा बिर्तामोड सरकारको कमजोरी सच्चिने विश्वास व्यक्त गरे ।

बिर्तामोड नगर शिक्षालाई प्याब्सन एन प्याब्सनको व्यानरमा केही स्वार्थी विद्यालय सञ्चालकले दुरूपयोग गरेकोले बाल बालिकाको स्वास्थ्य जोखिम बढेको स्थानीय अभिभावकको आरोप छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *