Sajhamanch Archive

देशको पहाडी भू–भागमा चट्टयाङ्गसहित वर्षाको सम्भावना

Published: in राष्ट्रिय समाचार, समाज, by .

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलिको अवस्था रहेको छ । बांकी भू–भागमा बदली नरहे पनि तुवाँलो रहेको छ ।

विभागका अनुसार आज दिउँसो प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ विभागले बताएको छ ।

आज राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *