Sajhamanch Archive

कोभिड–१९ पहिचानका लागि ‘हटस्पट’हरुमा एन्टिजेन परीक्षण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by .

काठमाडौं । कोभिड–१९ पहिचानका लागि ‘हटस्पट’हरुमा एन्टिजेन परीक्षण बढाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै जिल्ला जनस्वास्थ्य कार्यालयहरुलाई अनुरोध गरेको छ ।

बाहिरी जिल्लाबाट आउने–जाने नाका र धेरै मानिसको जमघट हुने स्थानहरुमा एन्टिजेन विधिबाट मास परीक्षण गर्न महाशाखाले अनुरोध गरेको हो ।

“काठमाडौं उपत्यकालगायत सहरमा सपिङ सेन्टर, बसपार्क, स्कुललगायत हटस्पटहरु पहिचान गरी परीक्षण गर्न सबै जिल्लाहरुमा अनुरोध गरेका छौँ,” महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले भने ।

थोरै समयमा धेरैको परीक्षण गरी छिटो नतिजा निकाल्नका लागि यसअघि पनि सरकारले एन्टिजेन विधि अपनाएको थियो । तर, नेपालमा कोभिड–१९ संक्रमण दर घट्दै गएपछि गएको माघमा एन्टिजेन परीक्षण स्थगित गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *