Sajhamanch Archive

आज खनाल–नेपाल समूहको स्थायी कमिटी बस्दै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । नेकपा एमाले झलनाथ खनाल, माधवकुमार नेपाल समूहको स्थायी कमिटीको बैठक आज शुक्रबार बस्दै छ । कलंकी उकालोस्थित मेगा बैंक्वेट पार्टी भेन्युमा बिहान ११ बजे स्थायी कमिटी बैठक तय गरिएको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूहको उपस्थितिबिना नै विधान संशोधन, केन्द्रीय कमिटी विस्तार र महाधिवेशन आयोजक कमिटी बनाएपछि खनाल–नेपाल पक्ष देशव्यापी समानान्तर संरचनामा जाने तयारीमा छ ।

अखिल नेपाल महिला संघ अनेमसंघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, युवा संघ नेपाल लगायतमा समानान्तर कमिटी बनाइ सकेका छन् ।

बिहीबार मात्रै कास्की जिल्ला कमिटी पनि समानान्तर बनेको छ । कास्कीको जिल्ला भेलालाई सम्बोधन गर्दै नेता नेपालले अब केन्द्रमा पनि समानान्तर संरचनाको उद्घोष गरेका छन् ।

आज बैठक बसेर थप रणनीति तय गर्ने खनाल–नेपाल समूहको योजना छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *