Sajhamanch Archive

मेलम्ची पानीको औपचारिक उद्घाटन हुँदै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, by .

काठमाडौं । काठमाडौंमा आज मेलम्ची पानीको औपचारिक उद्घाटन हुँदैछ ।

काठमाडौंको भृकुटीमण्डपमा बनाइएको धाराको टुटी खोलेर राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची पानीको उद्घाटन गर्न लागेकी हुन् ।

दिउँसो २ बजे राष्ट्रपति भण्डारीले मेलम्चीको पानी उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी हुनुहुनेछ ।

यसअघि आयोजनाले २३ गते सोमवार उद्घाटन गर्ने भने पनि पानी वितरण भइसकेपछि ढिला गर्न नहुने भन्दै उद्घाटन कार्यक्रम आजका लागि राखिएको आयोजनाका प्रमुख कमलराज श्रेष्ठले बताए । काठमाडौंमा आइतवारदेखि नै मेलम्चीको पानी वितरण सुरु गरिएको छ ।

अहिलेसम्म काठमाण्डौको महाङ्काल, मीनभवन र खुमलटारको ट्याङ्कीबाट पानी वितरण सुरु भएको छ । यसैबीच, काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पानी वितरण सुरु गरेको छ ।

बालाजु पोखरीमा हिजोदेखि पानी पठाउन थालिएकामा आज बिहान पाँच बजेदेखि वितरण थालिएको लिमिटेडले जनाएको छ । यस्तै आजदेखि नयाँबजार, सोह्रखुट्टेलगायतका ठाउँमा पनि मेलम्चीको पानी वितरण हुने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *