Sajhamanch Archive

खनाल–नेपाल समूहले राष्ट्रिय भेलामा आएका सुझावहरु कार्यकर्तामाझ पठाउने

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । नेकपा एमालेको खानाल–नेपाल समूहले राष्ट्रिय भेलामा प्रस्तुत दस्तावेजमाथि आएका सुझावहरुसहित कार्यकर्तामाझ पठाउने भएको छ ।

आजको स्थायी कमिटी बैठकमा अवधारणापत्रमा आएका सुझावमाथि छलफल गरेर भोलि अन्तिम रुप दिएर कार्यकर्तामाझ पठाउने निर्णय गरेको नेता योगेश भट्टराईले जानकारी दिए ।

त्यस्तै, बैठकले पार्टीको संगठनको शुद्धीकरणका लागि राष्ट्रव्यापी कार्यक्रमको ढाँचा बनाउने उनले बताए । प्रशिक्षण, गोष्ठी भेलाको भोलि अन्तिम रुप दिने उनले बताए ।

त्यस्तै एमाले ब्युँतिएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरेको भन्दै कार्यान्वयन गर्न आग्रह गरेको उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *