गरामनीमा स्मार्ट कम्युटर ईन्स्टिच्युट संञ्चालनमा
Published:
by .बिर्तामोड । झापाको गरामनीमा स्मार्ट कम्प्युटर इन्टीच्युट सञ्चालनमा आएको छ । बिर्तामोड नगरपालिका ७ गरामनीमा स्थानीय युवाहरुको सक्रियतामा कम्युटर कक्षा सहित ट्युसन साथै प्रबिधि सम्बन्धि विभिन्न कक्षाहरु संञ्चालनमा आएको हो ।
बैदेशिक रोजगारीको सट्टा स्वदेशमै पनि केहि गर्न सकिन्छ भन्ने उद्देश्यले संस्था स्थापना गरिएको संचालक अच्युत सुबेदीले बताए ।
पछिल्लो समयमा प्रविधी सम्बन्धि ज्ञान सबैलाई आवश्यक भएपनी सिकाईका केन्द्रहरु नहुँदा समस्या भएकाले स्थानिय ठाउँमै यस्तो कक्षा संञ्चालन गरिएको अर्का संञ्चालक यदु गौतमले बताए ।
हाल सो स्थानमा यस्ता विषयमा सिकाई केन्द्र नभएकाले स्थानीयबासी बिर्तामोड केन्द्रित हुँदै आएका छन् । १५ लाख लगानीमा स्थापना गरिएको ईन्स्टिच्युट बालमैत्री हुने र नयाँ वर्षको अवसरमा विशेष छुटको व्यवस्था गरिएको संचालक सुवेदीले बताए ।
उनले यस अघि ब्राइट फ्युचर मन्टेसरीमा सञ्चालन गरेका कक्षा नर्सरीदेखि स्नातकसम्म ट्यूसन कक्षाहरु पनि संञ्चालन हुने जानकारी दिएका छन् । यसका साथै कम्प्युटर मर्मत, पाट्स बिक्रि, सिसि क्यामेरा जडान लगायतका कार्यसमेत हुने सञ्चालकले जनाए ।
Comments