Sajhamanch Archive

राजनीतिक दलको स्वमूल्यांकन कार्याविधि ल्याउँदै निर्वाचन आयोग

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलको स्वमूल्यांकन कार्याविधि–२०७७ ल्याउने तयारी गरेको छ । कार्यविधिमा दलको आर्थिक विवरण, लेखा परीक्षण, आचारसंहिता, आचारसंहिता पालना नगर्नेलाई कारबाही, केन्द्रीय समिति गठन, समावेशिता लगायत विषयहरु समेटिने आयोग स्रोतले जनाएको छ ।

आयोगले दलले गरेका काम कारबाहीको सफ्ट्वेयरमा इन्ट्री दलले नै गर्नेगरी कार्यविधि ल्याउन लागेको हो ।

आयोगले त्यसमा आन्तरिक छलफल गरिरहेको छ । अब संघ र प्रदेशमा प्रतिनिधित्व गरेका दलसँग छलफल गरेर कार्यविधि पारित गर्ने आयोगको तयारी छ ।

“हामी सफ्टवेयरको ट्रेनिङ दिन्छौं । लिङ्क पनि उपलब्ध गराउछौं । जस्तो उहाँहरुले केन्द्रीय कमिटी फेरबदल गर्नुभयो त्यसको इन्ट्री तालिम लिएकाहरुले गर्नेछन् । हामीले आयोगमा नै हेर्न पाइने भयो । कसैलाई कारबाही गर्नुभयो भने त्यो यहीँबाट हेर्न मिल्छ,” आयोगका एक अधिकारीले भने ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *