Sajhamanch Archive

बाँकेको नरैनापुरमा भीषण आगलागी

Published: in समाज, by .

बाँके । बाँकेको नरैनापुरमा भीषण आगलागी भइरहेको छ । नरैनापुर गाउँपालिका वडा नम्बर चार खोदावामा भएको आगलागीबाट अहिलेसम्म ६० भन्दा धेरै घर जलेर नष्ट भएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले जानकारी दिए ।

आगलागीमा घाइते भएकी एक महिलालाई उपचारको लागि नेपालगञ्ज लगिएको छ । तीव्र गतिमा हावाहुरी चलिरहेकोले आगो नियन्त्रणमा कठिनाइ भइरहेको पनि उनले जानकारी दिए । नेपालगञ्ज उपमहानगरपालिका र जिल्लाका अन्य निकायका दमकलको सहायतामा आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

गाउँभरिकै खाद्यान्न, पशु चौपाया लगायत सबै सम्पत्ति जलेर नष्ट भएको पनि अध्यक्ष साहले बताए । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले आगलागीबाट धेरै क्षति भएको र तीनै तहका सरकार मिलेर प्रभावित नागरिकलाई सुरक्षित वासस्थानको बन्दोबस्त गर्नुपर्ने बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *