Sajhamanch Archive

ओलीलाई काउन्टर दिँदै खनाल-नेपाल समूहले कमिटी बनाउने

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, by .

काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई काउन्टर दिँदै समानान्तर कमिटी बनाउने भएको छ ।

आज बसेको स्थायी कमिटी बैठकपछि नेता रघुजी पन्तले ओलीले वैध कमिटीको बेवास्ता गरेर अर्को कमिटी बनाएको ठाउँमा समानान्तर कमिटी गठन गर्दै जाने बताए ।

उनले पद्दतिविपरीत निर्वाचित पदाधिकारीहरुलाई हटाउनु पनि कारबाही भएकाले त्यसको प्रतिरोध गर्ने र अभियान सञ्चालन गर्ने सुनाए । वडा तहसम्म कमिटी गठन गर्ने उनले बताए । उनले यही महिनाभित्र युवा संघको ७० वटा जिल्लामा कमिटी गठन गर्ने जानकारी दिए । अर्को सरकार बनाउने विषयमा आफूहरुको चासो नरहेको नेता पन्तले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *