Sajhamanch Archive

इटालियन सिरी ए : युभेन्टस् र टोरिनोको खेल बराबरीमा

Published: in खेलकुद, by .

काठमाडौं । इटालियन सिरी एु फुटबलमा साविक विजेता युभेन्टस् र टोरिनोले बराबरी खेलेका छन् ।

राति भएको खेलमा युभेन्टस् र टोरिनोले २/२ गोलको बराबरी खेलेका हुन् ।

खेलको १३ औं मिनेटमा फेड्रिकोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । तर, खेलको २७ औं मिनेटमा एन्टोनियो सनाब्रियाले गोल गर्दै टोरिनोलाई १/१ गोलको बराबरीमा फर्काए ।

खेलको ४६ औं मिनेटमा सनाब्रियाले गोल गर्दै टोरिनोलाई २/१ को अग्रता दिलाए । तर खेलको ७९ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि युभेन्टसले २र२ को बराबरी गर्यो । बराबरीसँगै युभेन्टसले २८ खेलमा ५६ अंक जोडेको छ । युभेन्टस् चौंथो स्थानमा रहेको छ ।

टोरिनो २४ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *