Sajhamanch Archive

प्रदेश–१ को पहाडी भू–भागमा चट्टयाङ्गसहित वर्षाको सम्भावना

Published: in राष्ट्रिय समाचार, समाज, by .

काठमाडौं । पहाडी भू–भागमा आंशिक बदली रही प्रदेश १ का पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज प्रदेश १, वागमती र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ ।

यसैबीच विभागले मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *