Sajhamanch Archive

आजदेखि शैक्षिक संस्था नियमित हुने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, शिक्षा, by .

काठमाडौं । वायु प्रदूषणका कारण बन्द रहेको शैक्षिक संस्था आजदेखि नियमित सञ्चालनमा आएका छन् । वातावरणमा सुधार आएको भन्दै विद्यालय नियमित गर्न लागिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

सरकारले यसअघि मंगलबारदेखि चार दिन शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको थियो । तर कतिपय स्थानीय तहले भने संघीय सरकारले काठमाडौंलाई मात्रै हेरेर निर्णय गरेको भन्दै विद्यालय सञ्चालनमा ल्याएका थिए ।

सरकारको निर्णयपछि क्याम्पसस्तरका परीक्षाबाहेकका सबै पढाइ रोकिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *