Sajhamanch Archive

माओवादी स्थायी कमिटी बैठक बस्दै

Published: in मिडियाबाट साभार, राजनीति, by .

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । अहिले बिहान ११ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो ।

नयाँ सरकार गठन प्रक्रियाका बारेमा छलफल गर्न बैठक बोलाइएको एक नेताले जानकारी दिए ।

उनका अनुसार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समेत प्रधानमन्त्रीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेपछि माओवादी केन्द्रले पनि सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गर्न सक्नेछ ।

माओवादीले आजै जनता समाजवादी पार्टीका नेताहरुसँग पनि छलफल गर्ने भएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *