Sajhamanch Archive

भारतमा एकैदिन ९२ हजार ९९४ जना कोरोना संक्रमण

Published: in विश्व समाचार, समाज, स्वास्थ्य, by .

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा करिब ९३ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय मिडियाहरुका अनुसार पछिल्लो पटक ९२ हजार ९९४ जना नयाँ संक्रमित फेला परेका हुन् ।

भारतमा साढे ६ महिनाको अवधिमा यति धेरै संक्रमित फेला परेको यो पहिलो पटक हो । यसअघि १९ सेप्टेम्बरमा ९२ हजार ५७४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि लगातार दुई दिन पाँच सयभन्दा बढी पुगेको छ । यसअघि गत शुक्रबार ७१३ जनाको ज्यान गएको थियो ।

भारतमा हालसम्म १ करोड २४ लाख जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतमा कोरोनाबाट सबैभन्दा धेरै महाराष्ट्र, पन्जाब, दिल्ली, मध्यप्रदेश, गुजरात र राजस्थान राज्य प्रभावित भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *