Sajhamanch Archive

इन्टरको जितमा लुकाकुको गोल

Published: in खेलकुद, by .

काठमाडौं । रोमेलु लुकाकुको गोलको सहयोगमा शीर्ष स्थानको इन्टर मिलानले सिरी ए फुटबलमा साँघुरो जित निकालेको छ ।

शनिबार राति भएको खेलमा इन्टरले बोलोगनमाथि १–० गोलको जित निकालेको हो ।

इन्टरलाई जित दिलाउन लुकाकुले निर्णायक गोल गरे । खेलेको ३१ औं मिनेटमा उनले गरेको गोलले नै इन्टरलाई महत्वपूर्ण ३ अंक दिलाएको हो ।

जितसँगै इन्टरले शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ । लिगमा २८ खेल खेलेको इन्टरले ६८ अंक जोडेको छ । दोस्रो स्थानको एसी मिलानको २९ खेलबाट ६० अंक छ । पराजित बोलोगनको ३४ अंक छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *