२५ वर्षीया छोरीले दिइन् वुवालाई कलेजो
Published:
by .काठमाडौं । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ४४ वर्षीय पुरुषको सफल कलेजो प्रत्यारोपण गरिएको छ ।
भक्तपुरका उनलाई २५ वर्षीया छोरीले कलेजो दान गरेको केन्द्रका निर्देशक डा. प्रेमराज ज्ञवालीले जानकारी दिए । उनका अनुसार केन्द्रमा कार्यरत डा. छेतेन योञ्जन, डा. अनिसा तिवारी, डा। ललित दास, एनेस्थेसियामा डा. आरती राई, डा. सुशील तामाङ तथा नर्सहरु विनिता उप्रेती लगायतको टोलीले प्रत्यारोपण गरेका हुन् ।
उनीहरुलाई भारतको म्याक्स अस्पतालबाट आएका डा . शलिन अग्रवालसहितको विज्ञ टोलीले ब्याक सपोर्ट गरेको डा ज्ञवालीले जानकारी दिए । कोरोना महामारीपछि केन्द्रमा भएको यो पहिलो प्रत्यारोपण हो भने समग्रमा छैटौं ।
यससँगै नेपालका तीनवटा अस्पतालमा गरेर १२ जनामा कलेज प्रत्यारोपण भएको छ । केन्द्रमा ६, त्रिवि शिक्षण अस्पतालमा ५ र चितवनस्थित चितवन मेडिकल कलेजमा एक गरी १२ जनामा प्रत्यारोपण भएको हो ।
Comments