Sajhamanch Archive

काठमाडौंमा खनाल–नेपाल समूहले वसन्त मानन्धरलाई अध्यक्ष बनाउँदै

Published: in मिडियाबाट साभार, राजनीति, by .

काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहले समानान्तर कमिटी गठनलाई तीव्रता दिएको छ ।

देशव्यापी रुपमा अलग संरचना बनाउने तयारी गरेको खनाल–नेपाल समूहले आज काठमाडौंमा कमिटी घोषणा गर्दै छ । काठमाडौं अध्यक्ष वसन्त मानन्धरलाई बनाउने तयारी गरिएको केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले जानकारी दिए । मानन्धर प्रदेश सांसद पनि हुन् ।

खनाल–नेपाल समूहले आज बुद्धनगर पार्टी प्यालेसमा जिल्ला कमिटीको भेला आयोजना गरेको छ । भेलालाई वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाले सम्बोधन गर्ने बताइएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *