Sajhamanch Archive

मलेसियालगायत विभिन्न देशबाट ल्याइयो १७ शव, बाबुराम शव बुझ्न पुगे

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by .

काठमाडौं । मलेसियालगायत विभिन्न देशबाट आइतबार १७ शव नेपाल ल्याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मलेसियाबाट १२, टर्कीबाट तीन र कतारबाट दुई नेपालीको शव ल्याइएको हो ।

आज मलेसियाबाट ल्याइएका शवमध्ये दुई गोरखाका थिए । गोरखाको सिरानचोक–५ का सूर्य विक र गोरखा नगरपालिका–१२ का मेघबहादुर कुँवरको शव बुझ्न जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई समेत विमानस्थल पुगेका थिए ।

भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, “कस्तो दुःखद अवस्था  वैदेशिक रोजगारीमा मलेसिया गएका नेपाली युवाहरूमध्ये १२ जनाको शव एकैदिन त्रिभुवन विमानस्थल आइपुग्यो । तीमध्ये गोरखा–२, सिरानचोक–५ का सूर्य विक (२८ वर्ष) र गोरखा नपा–१२ का मेघबहादुर कुँवर (२७ वर्ष)को शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आँसु थामिन्थ्यो र ”

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *