Sajhamanch Archive

भारतको जेलबाट छुटेका दुर्गाप्रसादको विराटनगरमा उपचार हुँदै

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by .

विराटनगर । भारतमा ४० वर्ष जेल जीवन बिताएर रिहा भएका इलाम निवासी दुर्गाप्रसाद तिम्सिनाको उपचार सुरु भएको छ ।

तिम्सिनाको उपचार प्रदेश सरकारले गर्ने घोषणा गरेको थियो। आइतबार उपचारका लागि उनलाई विराटनगरस्थित विराट मेडिकल शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

प्रारम्भिक स्वास्थ्य परीक्षण डा. पुरु कोइरालाले सुरु गरेका छन् । थप उपचार अस्पतालमै राखेर गरिने प्रदेश नम्बर १ आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिएका छन् । उनले भने, उपचारमा प्रदेश सरकारको तर्फबाट सबै सहयोग र समन्वय हुनेछ । उपचारको लागि मन्त्री कार्कीले आफैं समन्वय गरिरहेका छन् ।

विराट मेडिकल कलेजका संचालक डा. ज्ञानेन्द्र कार्कीले प्रदेश सरकार समक्ष तिम्सिनाको निस्शुल्क उपचार गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । तिम्सिनाको साथमा भतिज गोपाल विराटनगर आएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *